अखिल नेपाल किसान महासंघको अध्यक्षमा दंगाल चयन

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १६ : ५४
अखिल नेपाल किसान महासंघको अध्यक्षमा दंगाल चयन

काठमाडौं । अखिल नेपाल किसान महासंघको अध्यक्षमा प्रेम दंगाल चयन भएका छन् । महासंघको हालै झपामा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनले एमाले केन्द्रीय सदस्य समेत रहेका निवर्तमान अध्यक्ष दंगालको नेतृत्वमा २०१ सदस्यीय केन्द्रीय समिति सर्वसम्वत  चयन गरेको हो ।

महासंघका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरु  खडक बहादुर खड्का, वेनु शिवाकोटी, सूर्य बहादुर शाही, राजकुमार उप्रेती र रामशरण आलेमगर चयन भएका छन् । त्यस्तै महासचिवमा बाबुराम थापा, उपमहासचिवहरूमा प्रेम नारायण अधिकारी र सरिता भुसाल निर्वाचित भएका छन् ।

सचिवहरूमा विश्व बराल, कमरेड उमेश गुप्ता, कृष्ण अधिकारी, वेदप्रसाद गर्बुजा, टेकबहादुर बोगटी,  आरति पौडेल र तारा खाति चयन भएका छन् ।महाधिवेशनमा मुलुकभरका ७७ जिल्ला र २२ वटा विषयगत सङ्गठनहरूका ११४५ जना प्रतिनिधिहरू सहभागी रहेका थिए । त्यसैगरी महाधिवेशनले कृषि क्रान्तिको कार्यक्रमलाई अद्यावधिक गर्दै राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन, विधान संशोधनको प्रस्ताव तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै महाधिवेशनले किसानले भोगिरहेका र कृषि क्षेत्रको रूपान्तरणका लागि गर्नु पर्ने कामका विभिन्न २९ वटा प्रस्ताव पारित गरेको छ ।त्यसअघि दक्षिण एसियाली किसान सम्मेलन समेत सम्पन्न भएको छ ।

सो सम्मेलनले दक्षिण एसियाली किसान मञ्चको ९ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको अध्यक्षमा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगाल, उपाध्यक्षमा बङ्गलादेशबाट निमाइ गांगुली तथा भारतबाट एक उपाध्यक्ष र सदस्यको नाम पछि पठाउने गरी निर्णय भएको बताइएको छ । त्यस्तै महासचिवमा पाकिस्तानका तारिक महम्मद, सचिवमा भारतका पिभि रामाराज सुन्दर र श्रीलंकाकी सिवानी दिपा र सदस्यमा नेपालबाट अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसाल र बङ्गलादेशबाट परेशरन्जन खारलाई निर्वाचित गरेको छ ।

सम्मेलनमा दक्षीण एसियाका १२५ जना प्रतिनिधिहरू सहभागि रहेका थिए । यो संगठनको सचिवालय नेपालमा रहने र यसको सञ्चालन अखिल नेपाल किसान महासंघले गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस