एजेन्सी।फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले द्वन्द्वरत रुस र युक्रेनबीच वार्ता गराउनका लागि चीनसँग मिलेर योजना बनाउन खोजेको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ । म्याक्रोंले आफ्ना परराष्ट्रनीति सल्लाहकार इम्मानुएल बोनलाई चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीसँग मिलेर भविष्यमा गरिने सम्झौताको खाका तयार पार्न लगाएका छन् । सबै कुरा मिलेमा यही गर्मीमा रुस र युक्रेनबीच वार्ता हुने फ्रान्सको रणनीति रहेको छ । हालै चीनको भ्रमणमा म्याक्रोंले सीलाई युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग कुराकानी गर्नलाई विश्वस्त तुल्याउन सकेका थिएनन् ।
युद्ध शुरू भएयता सी र जेलेन्स्कीबीच कुराकानी भएको छैन । पश्चिमी साझेदारहरूले रुसलाई बेइज्जत गर्न नहुने भनी पोहोर साल म्याक्रोंले पश्चिमलाई चिढ्याएका थिए ।म्याक्रोंको योजनालाई किएभ र उसका साझेदारहरूको समर्थन छ कि छैन भन्ने स्पष्ट छैन । रुसलाई युक्रेनको भूभाग कब्जा गर्न दिने गरी ल्याइने युद्धविराम प्रस्तावलाई धेरैजसो पश्चिमी साझेदारले खारेज गरेका छन् । अनि रुससँग सीमाहीन मित्रता गरेको चीन युद्ध रोक्नका लागि तटस्थ पात्र हो कि हैन भन्ने विषयमा पनि पश्चिमाहरूले आशंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण