गोविन्द भट्टराईको पक्षमा माहोल बनाउन किसान श्रेष्ठ तनहुँमा

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, २० : ३४
गोविन्द भट्टराईको पक्षमा माहोल बनाउन किसान श्रेष्ठ तनहुँमा

काठमाडौं। लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन भन्दै नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ तनहुँ पुगेका छन् । 

 प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ  आइतबार दमौली पुगेका हुन् । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई  जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले जानकारी दिए ।
 ‘‘म अब चुनावसम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु’,’ सांसद श्रेष्ठले भने । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवार लाई श्रेष्ठले घर साङ्लेले  र बन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गए । श्रेष्ठ तनहुँ क्षेत्र नं १ का निर्वमान सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस