पूर्वप्रधानमन्त्री खनाल र प्रकाण्डबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १६ : ५४
पूर्वप्रधानमन्त्री खनाल र प्रकाण्डबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ । आइतबार खनाल निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो ।भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । यस्तै प्रकाण्डले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महारासँग पनि भेटवार्ता गरेका छन् । महरा र प्रकाण्डबीच माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस