विद्युत प्राधिकरणको बक्यौता ४० अर्ब नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १४ : ११
विद्युत प्राधिकरणको बक्यौता ४० अर्ब नाघ्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौता ४० अर्ब नाघेको छ । आर्थिक वर्ष २०७८/७९ सम्म प्राधिकरणले ४० अर्ब १२ करोड विद्युत महसुल बक्यौता उठाउन बाँकी रहेको महालेखा परीक्षकको ६०औं प्रतिवेदनले औंल्याएको छ ।

आर्थिक वर्ष २०७७/ ७८ को तुलनामा गत वर्ष बक्यौता महसुल १०.१५ प्रतिशतले बढेको हो । ४० अर्बमध्ये ट्रंक तथा डेडिकेटेड लाइन तर्फको ६७ ग्राहकहरुबाट असुल हुनुपर्ने १९ अर्ब ९५ करोड नाघेको छ । चालु आर्थिक वर्षमा त्यो रकम अझै बढेको छ ।

सो रकम कुल बक्यौताको ४९.७२ प्रतिशत देखिन्छ । यसबाहेक विभिन्न नगरपालिकाहरुबाट सडक बत्तीको मात्र ५ अर्ब १८ करोड उठाउन बाँकी रहेको छ । ‘बक्यौता महसुल उठाउन कार्य योजना बनाएको पाइए, यस्ता बक्यौता महसुल असुल गर्न सम्बन्धितको खाता तथा अन्य कारोबार रोक्का लगायतका प्रक्रियाबाट असूलीमा प्रभावकारिता ल्याउनुपर्छ’ महालेखाले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस