विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १४ : ३०
विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् । 

उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए । 

वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ परेपछि उनीहरुको बयानका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । 

उनीहरुले अधिकारीले आफूहरुलाई मृत्यु भएकाको व्यक्तिका बारेमा जानकारी दिएर आफन्तसम्म पुग्ने गरेको बयान दिएका थिए । अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 

प्रतिक्रिया दिनुहोस