सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास निर्देशक समितिको बैठक जारी

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, ११ : ४०
सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास निर्देशक समितिको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा  दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दश बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ । 

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस