काठमाडौं । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानको पक्षमा रहेको बताएको छ । बुधबार बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।
पार्टी पहिचानकै पक्षमा रहेको प्रष्ट पारिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बताए। “हाम्रो पार्टी पहिचानको पक्षमा छ । पहिचानकै पक्षमा हाम्रो अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ, प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भनेर रिजर्भेसन राख्ने कुरा भएको छ ।” उनले भने ।
कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १८ : ३३
लेखकबाट थप