गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १४ : २५
गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस