दिनेश कोइरालाले कांग्रेस उम्मेदवारलाई मत मागे

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, ११ : ०२
दिनेश कोइरालाले कांग्रेस उम्मेदवारलाई मत मागे

काठमाडौं । गत मंसिरमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्। चितवन  ३ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका भोजराज अधिकारीविरुद्ध कोइरालाले कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पार्टीको निर्देशन नमानेको भन्दै कांग्रेसले केन्द्रीय दसस्य कोइरालालाई कारबाही गरेको थियो। एमालेको समर्थनका बाबजुद पनि कोइराला मंसिर ४ को चुनावमा  पराजित भएका थिए। तर कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन्।

कोइरालाले वक्तव्य जारी गर्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन मतदातालाई अपिल गरेका छन्। तनहुँमा उम्मेदवार बनेका गोविन्द भट्टराई र चितवनमा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ प्रतिनिधि सभामा पुग्नैपर्ने सशक्त उम्मेदवार भएको उनको भनाइ छ । उनले आवेगमा नभई विवेक र वुद्धिमता प्रयोग गर्न मतदातालाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस