वडाध्यक्ष भएपछि जसले पढ्न थाले

पत्रपत्रिकाबाट

मंगलबार, १४ चैत्र २०७९, ०७ : २६
वडाध्यक्ष भएपछि जसले पढ्न थाले

बाँके । पढ्नलाई उमेरले छेक्दैन भनेजस्तै बाँके खजुरा गाउँपालिका–५ का वडाध्यक्ष ४४ वर्षीय गरिब शेष कक्षा ८ को परीक्षामा सहभागी भएका छन्। गोरखापत्रका अनुसार वडाध्यक्ष रोषले खजुराको आदर्श माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन् । नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित शेषले पढाइका लागि उमेर कहिले पनि बाधक नहुने बताए ।

आफूले अहिले ४४ वर्षको उमेरमा आएर कक्षामा अध्ययन गरिरहेको बताए । उनले सानो उमेरमा घरायसीलगायत कारण कक्षा ७ सम्म मात्रै अध्ययन गर्न पाएको बताए ।

वडाध्यक्षमा निर्वाचित भएपछि शिक्षाको महत्त्व बुझेर पढाइलाई निरन्तरता दिन लागेको भनाइ उनको छ ।
 

प्रतिक्रिया दिनुहोस