उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

एजेन्सी

सोमबार, १३ चैत्र २०७९, ०८ : ३६
उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले सोमबार फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएकोप्रति आक्रोशित उत्तरले साेमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी आक्रोश प्रतिक्रिया जनाएको हो । दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ ।उत्तर कोरियाले गत शुक्रबार मात्रै पानीमुनि प्रहार गर्न सक्ने ड्रोन परीक्षण गरेको जनाएकाे थियो ।

प्रतिक्रिया दिनुहोस