एसईई परीक्षामा मुगुबाट एक हजार ४६६ परीक्षार्थी सहभागी हुँदै

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, १६ : २८
एसईई परीक्षामा मुगुबाट एक हजार ४६६ परीक्षार्थी सहभागी हुँदै

मुगु।  मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४६६ जना परीक्षार्थी  सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका  हुन् ।

एसईई परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा २१ जना गरि एक हजार ४६६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय ईकाई मुगुका ईकाई प्रमुख सुर्य बहादुर खत्रिले बताए । 

उनका अनुसार गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको संख्या वृद्धि भएको छ । गत वर्ष ९७६ जना परीक्षार्थीले एसईई दिएका थिए । परीक्षा सञ्चालनका लागि ७ वटा  केन्द्र तोकिनुका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्र अध्यक्ष तोकिने पनि ईकाई प्रमुख खत्रीले जानकारी दिए ।उनले भयरहित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास दिलाउँदै परीक्षार्थीलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाे उनले बताए । 

प्रतिक्रिया दिनुहोस