एजेन्सी । क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा सर्वाधिक धेरै क्याप (राष्ट्रिय टिमबाट खेल्ने) जित्ने खेलाडी बनेका छन्। उनी युरो छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा लिचेस्टाइन विरुद्ध मैदान प्रवेश गरेसँगै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्।
रोनाल्डोले सर्वाधिक १९७ औँ खेलमा पोर्चुगलको जर्सीमा मैदान प्रवेश गर्दै कीर्तिमान बनाएका हुन्। उनले यसअघि विश्वकपमा कुवेतका फरवार्ड बदेर अल-मुतावा समान १९६ क्याप जितेका थिए।
घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को सानदार जित दर्ता गर्दा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले २ गोलसमेत गरे। साथै जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक-एक गोल गरे।
३८ वर्षीय रोनाल्डोले करिअरमा कीर्तिमानी १२० अन्तर्राष्ट्रिय गोलसमेत पूरा गरे। उनले २००३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। उनी गत कतार विश्वकपमा पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाउन सफल भएका थिए।
स्टेडियो जोश अल्भालेड लिस्वोआ पोर्चुगलमा बिहीबार राति भएको खेलको आठौँ मिनेटमा क्यान्सेलोको गोलबाट पोर्चुगलले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। ४७ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।
५१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सहज जिततर्फ अघि बढाए। त्यसपछि ६३ औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत् व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरेका थिए। यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ। समूहकै अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले आइसल्यान्डलाई ३-० ले पराजित गर्यो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डो बने ई-स्पोर्ट्स् विश्वकपका ग्लोबल एम्बासडर
रोनाल्डो क्लब विश्वकपमा सहभागी नहुने
रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर
मकुना र रोनाल्डोले पोथी हात्ती खोज्दै बस्तीमा आएपछि निजीलाई एकीकृत गर्न माग
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर