ओमान । गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौँ महाधिवेशन सम्पन्न भएको छ । एनबिओ अडोटोरियम हल मस्कटमा भएको महाधिवेशनले बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि पनि उनी नै अध्यक्ष थिए ।
अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर, टिकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ । यसैगरी महासचिवमा सुसन श्रेष्ठ, सचिबमा कमल अर्याल र लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सह कोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन भएका छन् ।
यस्तै कार्यसमितिको सदस्यहरूमा वसन्त नेपाली, काशी राम सुनार, सुबाश काफ्ले, बिबेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएका छन् ।
कार्यक्रमका लागि मध्यपुर्वका अन्य देशहरु कतार, युएई, साउदी अरवबाट आईसिसिमा नेतृत्व गर्ने पदाधिकारी र अभियन्ताहरुको ओमानमा जमघट भएको थियो । उक्त महाधिवेशनमा एनआरएनए आईसिसिका उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङ,एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली,अभियन्ता राजु सैयद,शनिकुमार ओली,एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनआरएनए युएईका उपाध्यक्ष बिकास साहीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज