एजेन्सी । इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनल युरोपाल लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।
घरेलु मैदान इमिरेट्स स्टेडिमयमा स्पोर्टिङ लिस्बनले पेनाल्टी सुटआउटमा बाजि मार्यो। अर्को खेलमा म्यानचेस्टर युनाइटेडले भने रियल बेटिसमाथि १-० को जित निकाल्दै समग्रमा ५-१ ले विजयी रहँदै अन्तिम आठमा स्थान पक्का गर्यो।
आर्सनल युरोपा लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा स्पोर्टिङ लिस्बनसँग पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित भयो। निर्धारित तथा अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि समग्रमा ३-३ गोलको बराबरी हुँदा खेलको नतिजा पेनाल्टी सुटबउटबाट निकालिएको हो।
पेनाल्टीमा आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लिन्ड्रो ट्रासोर्डले गोल गरे। तर गाब्रियल मार्टिनेलीले गोल गर्न सकेनन्। स्पोर्टिङका जेरीमिएह जस्टे, रिकार्डो एस्गियो, गोन्कालो इनासियो, आर्थर गोमेस र नुनो सान्तोसले गोल गरेका थिए। त्यसअघि घरेलु समर्थकमाझ ग्रानित जाकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६२ औं मिनेटमा पेड्रो गोल्काल्भ्सले गोल गर्दै स्पोर्टिङलाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको अतिरिक्त समयमा म्यानुएलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्पोर्टिङ १० खेलाडीमा समेटिएको थियो। यद्यपि उसले बराबरीलाई जोगाउँदा खेल पेनाल्टी सम्म पुगेको थियो। आर्सनलले पहिलो लेगमा स्पोर्टिङसँग २-२ गोलको बराबरी खेलेको थियो।
त्यस्तै म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल बेटिसमाथि १-० को जित निकाल्दै समग्रमा ५-१ को नतिजा सहित क्वाटरफाइनल प्रवेश गरेको हो। बिहीबार राति युनाईटेडको जितमा मार्कोस रासफोर्डले गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए। यस सिजन युरोपा लिगमा रासफोर्डले ६ गोल पुरा गरेका छन्।
युनाईटेडले गोल गर्नुअघि घरेलु टोलीले रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो। तर टिमका कप्तान जोकिन साको प्रहार पोस्ट बाहिर रहन पुग्यो। यसअघि पहिलो लेगमा इरिक टेन हागले ५-१ को जित दिलाएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०३ चैत्र २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा