प्रशासकीय अधिकृतलाई क्वाटरमा थुनेर चालक फरार

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, १० : ५१
प्रशासकीय अधिकृतलाई क्वाटरमा थुनेर चालक फरार

बारा  ।  देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनकै क्वाटरमा थुनेर उनका निजी चालक फरार भएका छन् । कलैया उपमहानगरपालिका –४ स्थित रहेको क्वाटरभित्र परिवारसहित बस्दैआएका उनलाई आज मङ्गलवार बिहान ८ बजे ढोका खोल्दा बाहिरबाट ताला लगाइएको भेटिएपछि सो घटनाबारे जानकारी भएको थियो ।ढोकामा ताला लगाएको बारे  छिमेकीलाई जानकारी गराउँदा क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमासमेत अलगअलग दुई वटा ताल्चा लगाइएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिए । 

यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराई कर्मचारीसँग सोधपुछ गर्दा आफूले चढ्ने पालिकाको चालक महेन्द्र सहनीले ढोकामा ताल्चा लगाएको स्वीकार गरेको उनले बताए । चालकले किन ताला लगाएर फरार भए भन्ने विषयमा थप जानकारी नआएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस