पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, २० : ४२
पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित  नेता खड्ग बहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ । 

आइतबार खनाल निवास डल्लुमा करिब दुई घण्टा भएको भेटवार्तामा वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको छ । त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् । 

उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस