काठमाडौ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियो । गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ ।
१९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सिमित भएपछि नेपालले ७ रनले विजयी भएको थियो । आज पुनः नेपालले युएइसँग खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित