ए डिभिजन लिगमा मनाङको पहिलो जित

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, २० : २४
ए डिभिजन लिगमा मनाङको पहिलो जित

काठमाडौं । उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

लिगमा पहिलो खेल जित्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा संकटा क्लबलाई १-० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दाभ्लातजोनोभको गोल नै मनाङलाई ३ अंक दिलाउन निर्णायक बन्यो । उनले खेलको ५१ औं मिनेटमा गोल गरे ।

संकटाले त्यसपछि पनि खेलमा बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस