लिग दुई को अन्तिम शृंखलाका लागि नेपाली टीमको घोषणा

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, ११ : ३३
लिग दुई को अन्तिम शृंखलाका लागि नेपाली टीमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको छ ।बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलाका लागि सन्दीप जोराको स्थानमा ललितनारायण राजवंशीलाई टीममा समावेश गरेको हो ।

जस्मा (कप्तान) रोहित पौडेल, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, आरिफ शेख करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भीम सार्की, गुलशन झा, र प्रतिश जिसी रहेका छन्।

पहिलो खेलको शृंखला मा नेपालले बिहीबार पपुवा न्युगिनी (पीएनजी) सँग, दोस्रो खेल मार्च १२ मा यूएईसँग खेल्ने छ भने तेस्रो खेल मार्च १३ र अन्तिम खेल पीएनजीसँग मार्च १६ मा खेल्नेछ ।मौसम ढकाल र सन्दीप जोरा, अर्जुन साउद र कमलसिंह ऐरी वैकल्पिक खेलाडीको सूचीमा छन् ।