काठमाडाैं । अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन केही प्रभावित बनेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौंमा पानी परे पनि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुई हजार मिटरको भिजिविलिटी छ । प्रविधिको सहायताले हुने आइएफआर उडानमा कुनै समस्या नरहेको विमानस्थलले जनाएको छ । अहिलेसम्म कुनै उडान प्रभावित नभएको विमानस्थल टर्मिनल ड्युटि अफिसर (टीडीओ) ले जानकारी दिएको छ । सबै आन्तरिक तथा अन्तर्राष्टिय उडान नियमित रहेको टीडीओले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट