एमालेमाथि सबैतिरबाट प्रहार भयाे : अध्यक्ष ओली

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १३ : ३५
एमालेमाथि सबैतिरबाट प्रहार भयाे : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले  भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन्।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीवीहरूले भनेको उल्लेख गदै निर्वाचनपरिणामले गतल साबित गरेको उनको भनाई छ ।‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरू लागि परेका छन्। उनीहरूलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरू भइरहेका छन्, सचेतना जगाउनुस्।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जिन भएको बताए। 

प्रतिक्रिया दिनुहोस