१७ वर्षिया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १० : १८
१७ वर्षिया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

भक्तपुर । आफनै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी र्वत थिमि भक्तपुरमा राखिएको छ  ।  

प्रतिक्रिया दिनुहोस