एजेन्सी । इंग्लिस प्रमियर लिगमा शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दा लिभरपुल भने फेरि एकपटक बराबरीमा रोकिएको छ।
शनिबार राति आर्सनलले लेस्टर सिटीलाई १-० ले हराउँदा उसका लागि मार्टिनेलीले ४६ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।
त्यस्तै, म्यानचेस्टर सिटीले भने बर्नमाउथ माथि ४-१ फराकिलो जित निकाल्यो। सिटीका लागि खेलमा जुलियन अल्भारेजले १५ औँ मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
दोस्रो गोल अर्लिङ हालान्डकाे नाममा रह्यो। उनले २९ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमा नै ३-० को अग्रता दिलाउन फिल फोडेनले ४५ औँ मिनेटमा तेस्रो गोल गरे।
बर्नमाउथका मेफामले ५१ औँ मिनेटमा आत्मघाती गोल गर्दै टिमलाई ४-० को अवस्थामा पुर्याए। तर लेर्माले ८३ औँ मिनेटमा एक गोल फर्काएका थिए।
लिभरपुल भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो। लिभरपुलले गोलका प्रयास गरे पनि उसका केही प्रहार पोलमा लागेर फर्किँदा गोलविहीन बन्यो।
डियोगो जोता र मोहम्मद सलाहका प्रहार पोलमा लाग्दा लिभरपुल स्तब्ध बनेको थियो। केही दिनअघि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरपु रियलसँग अप्रत्यासित रूपमा फराकिलो हारको सिकार भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ फागुन २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा