कानून निर्माणलाई तीव्रता दिइएको छ : मुख्यमन्त्री पोखरेल

रासस

बुधबार, २७ असार २०७५, १४ : १३
कानून निर्माणलाई तीव्रता दिइएको छ : मुख्यमन्त्री पोखरेल

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताउनुभएको छ ।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उहाँले भन्नुभयो, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।”

मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गर्नुभयो ।

डिएफआइडीका प्रमुख डा मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ भन्नुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस