काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो।
दुवै एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो।
हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ।
सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल १८९ वटा शाखा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?