थप ३ लाख ४५ हजार डोज फाइजर खोप नेपाल आयो

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, ११ : ५०
थप ३ लाख ४५ हजार डोज फाइजर खोप नेपाल आयो

काठमाडौं । कोभिड–१९ विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौं ल्याइएको हो ।

यही फागुन १ देखि ८ गतेसम्म तीन चरणमा सोही खोप ल्याइएको थियो । आज समेत गरी साढे १३ लाखभन्दा बढी डोज सो खोप काठमाडौं आइपुगेको छ । फागुन १५ गते बाँकी खोप ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । थप १५ लाख डोज आउँदो मार्चमा पठाउने कोभ्याक्सले जानकारी गराएको शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए ।

यसअघि ल्याइएको खोप गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पठाइएको चौरसियाले जानकारी दिए । १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई ‘बुस्टर’का रूपमा दिन लागिएको सो खोप ‘वाइभ्यालेन्ट’ले ओमिक्रोन र यसका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस