स्पट फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न आदेश

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, २० : ४८
स्पट फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । राजधानीमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको अभियोगमा पक्राउ परेका धरौटीमा छुट्ने भएका छन् ।  बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेकाहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

सो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र जनकपुर रोयल्सका खेलाडी आदिल अन्सारीलाई पक्राउ परेको थियो । उनीहरुमाथि मुद्दा चलाइएपनि अदालतले जनही तीन तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।  

सीआईबीले ५ जनाविरूद्ध मुद्दा दर्ता गरेकामा तीन जनामात्रै पक्राउ परेका थिए । सो प्रकरणमा दुई जना अझै फरार छन् ।
 

प्रतिक्रिया दिनुहोस