काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले ६ महिनापछि घरेलु मैदानमा भएको प्रतियोगिता प्रति दर्शकले देखाएको समर्थन र हौसला प्रति सम्मान व्यक्त गरेका छन् ।
लामिछाने त्रिकोणात्मक श्रृंखलाबाट क्रिकेटमा कमब्याक गर्दै चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्वपूर्ण योगदान दिएका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन् । मैदानमा दर्शकलाई अभिवादन गरेको तस्वीर सहित उनले स्टाटस लेखेका हुन् ।
सन्दीपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस