काठमाडौं । स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। आइसीसी लिग २ विश्वकप एक दिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।
सन्दीपले ओपनर कर्ली कोट्जरलाई एलबीडब्लु धरापमा पार्दै पवेलियन पठाएका थिए। कर्ली २२ रनमा आउट भए। पहिलो विकेटका लागि कर्ली र जर्ज मुन्सले ७।५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड ८ ओभरको समाप्तीमा १ विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ फागुन २०७९, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप