मुटुका रोगबाट बच्न के गर्ने ?

सफल खबर संवाददाता

सोमबार, ०८ फागुन २०७९, १२ : ३५
मुटुका रोगबाट बच्न  के गर्ने ?

काठमाडौं । मुटु रोग धुम्रापान, मद्यपान, खानपान र अस्वस्थ जीवन शैलीका कारण लाग्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय नेपालमा पनि मुटु रोगीहरुको सङ्ख्या बढ्दै गएको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुटुका रोगहरूबाट बच्नका लागि यस्ता विधिहरु अपनाउनुपर्छ ।

चुरोट, सुर्ती, गुट्खा, खैनी र मदिरा नखाने

दैनिक ३० मिनेट हिँड्ने,व्यायाम गर्ने, योग गर्ने

– हरियो तरकारी र फलफूल प्रशस्त खाने

(नुन, चिनी, चिल्लो कम खाने

–  बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने

– पिर, चिन्ता नलिने र कसैसँग नरिसाउने

– उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि रोगलाई पालेर राख्ने, तुरुन्त उपचार गर्ने

– दैनिक ६–८ घण्टा सुत्ने

– केही समस्या नभए पनि कम्तीमा वर्षको १ पल्ट नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने

प्रतिक्रिया दिनुहोस