राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुँदैनौँ : कृष्णबहादुर महरा

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, ११ : ५९
राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुँदैनौँ : कृष्णबहादुर महरा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस नहुने बताएका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा माओवादीले साझा व्यक्तिको खोजी गरी रहेको महराले बताए ।

‘हाम्रो पार्टीको धारणा राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुनुहुँदैन भन्ने हो। सबैको सहमतिमा राष्ट्रिय सहमति कायम हुनुपर्छ’ महराले भने, ‘प्रधानमन्त्रीको जसरी विश्वासको मत लिने क्रममा राष्ट्रिय सहमति भयो राष्ट्रपतिमा पनि सबैको सहमति खोजेका छौँ ।’ प्रधानमन्त्रीमा सबैले विश्वासको मत दिएर राष्ट्रिय सहमतिको सरकार भए जस्तै राष्ट्रपतिमा समेत निरन्तरता दिन खोजेको महराले बताए । 

गत पुस १० गतेको सहमतिका विषयमा आफूहरूलाई थाहा नभएको महराले बताए । राष्ट्रपतिको उम्मेदवारी दर्ता फागुन १३ गतेका लागि तोकिएको छ । तर, सत्ता साझेदार दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।