अनेरास्ववियूको महाधिवेशन आजबाट सुरु

सफल खबर संवाददाता

मंगलबार, ०२ फागुन २०७९, ११ : १४
अनेरास्ववियूको महाधिवेशन आजबाट सुरु

काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्ववियूको महाधिवेशन आजबाट सुरु हुँदै छ । आज माध्यन्न साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।

निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित अखिलको २३ औँ राष्ट्रिय महाधिवेशन हुन लागेको हो । फागुन ४ सम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय ७३ प्रतिनिधिले सहभागिता जनाउने छन् ।

महाधिवेशनले एक सय ९९ सदस्सीय केन्द्रीय समिति र तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस