राष्ट्रपतिमा सत्तारूढ दलबीच कुनै विमति छैनः उपप्रधान मन्त्री लिङदेन

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, १२ : २६
राष्ट्रपतिमा सत्तारूढ दलबीच कुनै विमति छैनः उपप्रधान मन्त्री लिङदेन

काठमाडौं । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दावी गरे ।

उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताए। उनले आइतबारको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताए ।

उनले भने,(‘अहिलेसम्म सरकारले गरेका काम कारबाही र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे भन्ने विषयमा समीक्षाहरु भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ । यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरुमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) लालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’

सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आएपनि त्यसमा कुनै सत्यता नभएको मन्त्री लिङदेनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस