शाहरुख खानको ‘पठान’ ले कमायो ९ सय करोड

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, ०९ : ०६
शाहरुख खानको ‘पठान’ ले कमायो ९ सय करोड

एजेन्सी । शाहरुख खानको चलचित्र ‘पठान’ ले विश्वव्यापी बक्स अफिसमा ९०० करोड पार गरेको छ । यशराज फिल्म्सका अनुसार चलचित्रले भारतमा ५५८.४० करोड र विदेशमा ३४२.६० करोड रुपैयाँ जम्मा गरी ९०१ करोड रुपैयाँ कमाएको हो।

यशराज फिल्म्सले तेस्रो शुक्रबार भारतमा ५ करोड ९० लाख रुपैयाँ कमाएको बताएको छ। पठान २५ जनवरीमा रिलिज भएको थियो र रिलिज भएको दिनदेखि नै यो फिल्मले दिनहुँ कमाइको नयाँ रेकर्ड बनाइरहेको छ।शाहरुख चार वर्षपछि पठानबाट पर्दामा फर्किएका छन्। फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण र जोन अब्राहम पनि छन्।

‘पठान’ ले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो । पछिल्ला केही वर्षयता यशराज ब्यानरमा बनेका धेरै फिल्म फ्लप भएका थिए। यी फिल्महरूमा रणवीर कपूरको शमशेरा, अक्षय कुमारको पृथ्वीराज र रणवीर सिंहको जयशभाइ जोरदार समावेश छन्।

यसबाहेक यशराजले आफ्ना दुई हिट फिल्मको सिक्वेल पनि बनाएको थियो ती पनि बक्स अफिसमा चल्न सकेका थिएनन्। पठानले रेकर्ड बनाइरहँदा शाहरुख भने आफ्नो आगामी फिल्म जवानको सुटिङमा व्यस्त छन्।

सन् २०२३ मा शाहरुखका थप दुई फिल्म रिलिज हुँदैछन्। जसमा जवान र राजकुमार हिरानीको डन्की फिल्म पर्छन्।

प्रतिक्रिया दिनुहोस