राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १२ : ४९
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको  हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष पाएको हो । राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने अर्यालविरुद्ध उम्मेदवार उठाएको थिएन ।

प्रतिक्रिया दिनुहोस