प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, १९ : ४७
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रचण्ड र विप्लवबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो ।  

भेटमा माओवादीको तर्फबाट उपाध्यक्ष कृष्ण बहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् । भेटमा समसामयिक राजनीतिक अवस्थाका, नेपाल कम्युनिस्ट पार्टीको मागका साथै पार्टी एकताका विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस