रास्वपाका मन्त्रीले प्रधानमन्त्रीसमक्ष आजै राजीनामा बुझाउने

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, १६ : २४
रास्वपाका मन्त्रीले प्रधानमन्त्रीसमक्ष आजै राजीनामा बुझाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन्।

रास्वपाका सभापति रवि लामिछानेले पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउने जानकारी दिएका हुन्।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। तर रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने छ।

प्रतिक्रिया दिनुहोस