पठानले ९ दिनमा कमायाे ६९६ कराेड

एजेन्सी

शनिबार, २१ माघ २०७९, ०८ : १३
पठानले ९ दिनमा कमायाे ६९६ कराेड

एजेन्सी । शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा ६९६ करोड कमाएको हाे। फिल्मले अहिलेसम्म भारतमा ४३६ करोड र विदेशमा २६० करोड कमाइसकेको हाे।

यो कमाइ यशराज फिल्म्सका लागि पनि विशेष छ किनभने पछिल्ला केही वर्षयता यशराज ब्यानरमा बनेका धेरै फिल्म फ्लप भएका थिए।

यी फिल्महरूमा रणवीर कपूरको शमशेरा, अक्षय कुमारको पृथ्वीराज र रणवीर सिंहको जयशभाइ जोरदार समावेश छन्।

यसबाहेक यशराजले आफ्ना दुई हिट फिल्मको सिक्वेल पनि बनाएकाे थियाे ती पनि बक्स अफिसमा चल्न सकेका थिएनन्।पठानले रेकर्ड बनाइरहँदा शाहरुख भने आफ्नो आगामी फिल्म जवानको सुटिङमा व्यस्त छन्।

सन् २०२३ मा शाहरुखका थप दुई फिल्म रिलिज हुँदैछन्। जसमा जवान र राजकुमार हिरानीको डन्की फिल्म पर्छन्।

प्रतिक्रिया दिनुहोस