यू–१९ क्रिकेट टिमले पोखरामा प्रशिक्षण गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, १२ : ४५
यू–१९ क्रिकेट टिमले पोखरामा प्रशिक्षण गर्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण तथा आउँदै गरेको त्रिकोणात्मक सिरिजका कारण त्रिवि मैदान उपलब्ध नहुने भएपछि यू–१९ टिम प्रशिक्षणका लागि पोखरा प्रस्थान गरेको छ ।

राष्ट्रिय सिनियर टिमको प्रशिक्षण र प्रतियोगितालाई ध्यानमा राखि यू–१९ प्रशिक्षण प्रभावित नहोस् भनेर पोखरामा अभ्यास गर्न लागेको टिमका प्रशिक्षक जगत टमटाले जानकारी दिए ।

१० देखि १२ दिनका लागि टिमले पोखरा क्रिकेट मैदानमा प्रशिक्षण गर्ने उनले बताए । यू–१९ क्रिकेट टिमले आईसीसी एसियन क्वालिफायर्सको तयारी गरिरहेको छ ।आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँगको त्रिकोणात्मक शृंखलाका लागि सिनियर टिमले त्रिवि मैदानमा अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस