साफ यू-२० महिला फुटबल : नेपाल र बंगलादेश भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, ०८ : ४०
साफ यू-२० महिला फुटबल : नेपाल र बंगलादेश भिड्दै

काठमाडौ । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।

आज शुक्रबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगंलादेशको सामना गर्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ। 

नेपाली टोली प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ। सिनियर टोलीका अनुभवी खेलाडीको साथमा रहेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ।

च्याम्पिनयसिपमो पहिलो खेलमा भारत र भुटान भिड्नेछन्। च्याम्पिनयसिपमा आयोजक  बंगलादेशसँगै नेपाल, भारत र भुटान सहभागी छन्।

राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस