एलआरआई बास्केट बल तथा फुटसल फेस्टको सेमी समीकरण पूरा

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १२ : ४७
एलआरआई बास्केट बल तथा फुटसल फेस्टको सेमी समीकरण पूरा

काठमाडौं । एलआरआई स्कुलले आयोजना गरेको बास्केट बल तथा फुटसल फेस्ट २०७९ को आज पाचौँ दिन रहेको छ । विद्यालय हाता भित्रै आयोजना भइरहेको प्रतियोगितामा बास्केट बलतर्फ १६ र फुटसल तर्फ १० टोलीको सहभागिता रहेको थियो ।

एलआरआई बास्केट बल तथा फुटसल फेस्ट २०७९ को भोली हुने सेमीफाइनलका लागि बास्केट बल र फुटसल दुबै तर्फका अन्तिम ४ टोलीको टुंगो लागेको छ ।बास्केटबल तर्फको क्वाटरफाइनलमा एलआरआई र पुष्प सदन भिडेका थिए । विजयी एलआरआईले ४३ स्कोर गर्दा पुष्पसदनले ४२ स्कोर गरेको थियो ।

यस्तै, सीसीआरसी र ओमेगाको खेलमा ६७ स्कोर गरेको सीसीआरसीले जितहातपार्दै सेमीफाइनलको यात्रा तय गर्यो ।

प्रतिक्रिया दिनुहोस