काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरुसँग वार्ता गर्ने भएका छन् । गृह मन्त्रालय पार्टीले नै पाउनु पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीले सो पद पुनर्प्राप्ति गर्नका लागि लामिछानले साझेदार दलका नेताहरुसँग वार्ता गर्ने तय भएको हो ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले नेताहरुसँग वार्ता गर्नका लागि लामिछानेलाई अख्तियार प्रदान गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दलहरुसँग छलफलपछि प्राप्त हुने प्रतिक्रियाका आधारमा पार्टीले थप निर्णय लिने उनको भनाइ छ ।
अहिले निम्तिएको समस्या राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक समस्या भएकाले स्वाभाविक रुपमा गृह मन्त्रालयमा पार्टीले चाहेको मान्छे पठाउन पाउनुपर्ने भनाइ छ । यद्यपि त्यसअघि अहिलेको परिस्थितिलाई साझेदार दलहरुले कसरी लिएका छन् भनेर पार्टीले छलफल गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट