काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामायिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।
आइतबार अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र बुझेपछि उनलाई फेरि गृहमन्त्री बनाउन एमालेले दबाब दिएको भनिएका बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग