साबलेन्काले जितिन् ओपन टेनिसको उपाधि

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, २० : ०४
साबलेन्काले जितिन् ओपन टेनिसको उपाधि

एजेन्सी । बेलारुसकी आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् । पाँचौं वरीयताकी साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले पराजित गरिन ।

२४ वर्षीया साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो । एलिना भने दोस्रो पटक ग्रान्डस्लाम जित्नबाट बन्चित भईन्। पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस