"प्रचण्डलाई हाम्रो हैन हामिलाइ प्रचण्डको आवश्यकता छ ।" : पूर्व राप्रपा अध्यक्ष बद्री तिमिल्सिना

शनिबार, १८ कार्तिक २०७४, १५ : ४०
"प्रचण्डलाई हाम्रो हैन हामिलाइ प्रचण्डको आवश्यकता  छ ।" :  पूर्व  राप्रपा अध्यक्ष बद्री  तिमिल्सिना

माडी । राप्रपा नेपाल  चितवन  जिल्ला  अध्यक्ष बद्री  तिमिल्सिनाले  चितवनको विकासका लागि प्रचण्डको आवश्यकता  परेकोले  माओवादी  केन्द्र  प्रवेश  गरेको बताएका छन ।  

"प्रचण्डलाई हाम्रो हैन हामिलाइ प्रचण्डको आवश्यकता  छ ।" माडी मा आयोजित पार्टी प्रवेश कार्यक्रम मा  बोल्दै  नेता  तिमिल्सिनाले भ ने, "प्रचण्डलाई विजय  गराउन जरुरी  छ , चितवनका  लागि, देश का  लागी । त्यसैले रास्त्रवादी बिध्यार्थी मण्डलबाट सुरु  गरेको  मेरो  राजनितीक्# गोरेटो  परिवर्तन गरेको  हो  ।"

नेपाल लाई समृद्ध  र नयाँ  युग तर्फ प्रचण्ड को नेतृत्वमा मात्र  सम्भव  भए को  बताउदै तिमिल्सिनाले ३८ वर्ष  राप्रपाले बोकेको बिचार  परित्याग  गरेर  मात्र चितवन को विकासका लागि  प्रचण्ड लाई  विजय  गराउन  जरुरी  रहेको  बताए  ।

१९ वर्ष देखी राप्रपा को अध्यक्ष  रहदै् आए का  तिमिल्सिनाले प्रचण्डलाई  अत्यधिक  मतले विजय  गराउन  सबै  युवाहरूमा  अपील  गरे ।

तिमिल्सिनाले भने , "म कुनै  लेनदेन गरेर  माओवादी  भएको  होइन, प्रचण्डका लागि चितवन आवश्यक छैन । तर  वहाँ  जस्तो  व्यक्ति  हामी लाई आवस्यक छ । वहाँ चितवन बाट  बिजय  बनाए  मात्र हाम्रो  बिकास सम्भव  छ  ।"

कार्यक्रममा  तिमिल्सिनासङै ३ डर्जन् बढी  अन्य  नेता  तथा  कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस