एशियन युथ–२२ बक्सिङ : स्वर्णको लागि आज नेपालकी सुष्मा तामाङ भिड्दै

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, १३ : १३
एशियन युथ–२२ बक्सिङ : स्वर्णको लागि आज नेपालकी सुष्मा तामाङ भिड्दै

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी ए.एस.बी.सी एसियन युथ २२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा बुधबार नेपालकी सुस्मा तामाङले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दैछिन् ।

महिला ४८ केजी मुनीको तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी सुस्माले फाइनलमा उज्वेकिस्तानकी मुक्केबाज फार्जोना फोजिलोभाको सामना गदैैछिन् ।थाइल्याण्डको बैंककमा हुने यो खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा सुस्माले मंगोलियाकी बेसेन्बेई जानार्गुलीलाई आर.एस.सी.को आधारमा हराउँदै फाइनल प्रवेश गरेर इतिहास रचेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस