देशका विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, १३ : १८
देशका विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्ररहीको केन्द्रीय समाचार कक्षका अनुसार नवलपरासीको कावासोती नगरपालिका-१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।  

यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका-६ स्थित गिरनारी कुट्टीमा अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।     मकवानपुरको  कैलाश गाउँपालिका-६ पकने मराङसिङस्थित बारीमा पनि धादिङ गजुरी गाउँपालिका-४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेका छन् ।  
    
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ सालघारी वनमा सोही गाउँपालिका कात्तिके बस्ने ६४ वर्षीय ईक बहादुर खड्का चोट लागी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस