काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका छन ।
सोमबार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताए ।
उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए। उनले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताए । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उनले बताए ।
सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गरे । उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताए । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उनको भनाई छ ।
सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास हो: सभामुख घिमिरे
अनुचित पूर्वाग्रहले अधिवेशन प्रभावित हुँदा पनि जबरजस्ती सदन चलाएर बजेट पारित गर्यौँ : सभामुख घिमिरे
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
प्रतिनिधि सभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख घिमिरे